
रुकुम । रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ १० हजार २४० मत प्राप्त गरी विजयी भएका छन् ।
नेकपा एमालेका उम्मेदवार लिलामणि गौतमले प्राप्त गरेको ३ हजार ४६२ मतभन्दा ६ हजार ७७८ मतान्तरमा प्रचण्ड विजयी भएका हुन् ।
उक्त निर्वाचन क्षेत्रमा कुल १९ हजार १८८ मत खसेको थियो । नेपाली कांग्रेसका उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत प्राप्त गरेकी छन् ।
प्रचण्ड गाथा :
नेपाली राजनीतिका यस्ता खेलाडी, जो कहिल्यै एकै ठाउँमा स्थिर रहेनन्– न विचारमा, न सहकार्यमा, न त निर्वाचन क्षेत्रमै। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जीवन उनकै शब्दमा यस्तै ‘निरन्तरतामा क्रमभंग’ हरूले भरिएको छ ।
२०८२ सालको निर्वाचनसम्म आइपुग्दा उनी आफ्नो राजनीतिक जीवनको छैटौं निर्वाचन क्षेत्रको रूपमा रुकुम ९पूर्वी भाग० पुगेका छन्।

पुष्पकमल दाहाल ‘प्रचण्ड’
रोल्पाबाट सुरु भएको उनको चुनावी यात्रा काठमाडौं, रोल्पा, सिरहा, चितवन, गोरखा हुँदै अहिले रुकुमको पहाडी कन्दरामा आइपुगेको छ। विरोधीहरू यसलाई ‘अस्थिरता’ भन्छन्, तर प्रचण्ड यसलाई आफ्नो ‘गतिशीलता’ र ‘जनतासँगको सामीप्यता’ को रूपमा व्याख्या गर्छन्।


