२०८२ फागुन २३ शनिवार , ०३:०४:०६ बजे

Sajhamanch
'

रास्वपाको तेस्रो जीत : काठमाडौं ८ मा विराजभक्त निर्वाचित

शुक्रवार, फागुन २२, २०८२

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा २४ हजार ५९२ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत ल्याए । उपविजेता बनेका सायमीको नै जमानत जफत भएको छ ।

उक्त क्षेत्रमा कुल सदर मत ३६ हजार ४१३ खसेको थियो । जसमध्ये जमानत जोगाउनका लागि कुल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्ने हुन्छ ।

तर सायमीले १० प्रतिशत मतसमेत ल्याउन सकेनन् । उक्त क्षेत्रका विजेता बाहेक अरु सबैको जमानत जफत भएको छ ।

सम्बन्धित खबर