
रुकुम । रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारी मतान्तर कायम गरेका छन् ।
अहिलेसम्म गणना भएको १५ हजार ८२३ मतमध्ये प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका छन् भने दोस्रो स्थानमा रहेका लिलामणि गौतमले ३ हजार १७ मत ल्याएका छन् ।
उक्त निर्वाचन क्षेत्रमा कुल १९ हजार १८८ मत खसेको थियो । अब गणना गर्न ३ हजार ३६५ मत गणना गर्न बाँकी छ । गणना गर्न ३ हजार ३६५ मत बाँकी रहँदा प्रचण्ड ५ हजार ४६० मतले अगाडि छन् ।


