२०८२ फागुन २२ शुक्रवार , ०७:३३:३७ बजे

Sajhamanch
'

कांग्रेसले पनि खाता खोल्यो, मुस्ताङ १ मा थकाली विजयी

शुक्रवार, फागुन २२, २०८२

मुस्ताङ । प्रतिनिधि सभा सदस्य पदमा मुस्ताङ क्षेत्र नं. १ बाट नेपाली काँग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् ।
उनी ३ हजार ३०७ मत प्राप्त गरी विजयी भएका हुन् । देशभरबाट दोस्रो जित निकाल्दै कांग्रेसले विजयको खाता खोलेको हो ।

त्यहाँ मत गणना सम्पन्न भइसकेको तर मुख्य निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा गर्न भने बाँकी रहेको जनाइएको छ ।

नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले १८०६ मत मात्र ल्याएका छन् । यहाँ रास्वपाका उम्मेदवार अधितीय चन्द्र थकालीले ७५९ मत ल्याएका छन् ।

सम्बन्धित खबर