२०८२ फागुन २० बुधवार , ०४:३३:४६ बजे

Sajhamanch
'

राप्रपाका क्षेत्रीय उपाध्यक्ष कन्दङवा बिर्तामोडबाट पक्राउ

बुधवार, फागुन २०, २०८२

बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का क्षेत्रीय उपाध्यक्ष राजुजंग कन्दङवा आज बिहान झापाको बिर्तामोडबाट पक्राउ परेका छन्।

बिर्तामोड नगरपालिका वडा नं. ६ निवासी कन्दङवालाई बिहान ११:२० बजेतिर बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालय अगाडिको फलफूल लाइनबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

राप्रपाका जिल्ला अध्यक्ष केशव ओझाले कन्दङवा चुनाव प्रचारमा संलग्न रहेको गाडीमा आएका र सो गाडीमा चुनाव प्रचार सामग्री रहेकाले पक्राउ परेको बताएका छन्।

उनलाई सशस्त्र प्रहरीले पक्राउ गरेर निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको र समन्वयका लागि पार्टीका नेताहरू त्यहाँ पुगेको ओझाले बताए।

यद्यपि, सुरक्षा स्रोतले भने उनलाई चुनावका लागि पैसा बाँड्दै गरेको विशेष सूचनाका आधारमा पक्राउ गरिएको दाबी गरेको छ।

निर्वाचनको समय नजिकिँदै गर्दा झापामा सुरक्षा निकायले निगरानी बढाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सुरक्षा अधिकारीहरूले बताएका छन्।

सम्बन्धित खबर