२०८२ फागुन १८ सोमवार , ०९:०८:२९ बजे

Sajhamanch
'

८ महिना बित्न लाग्दा पूँजीगत बजेटको २० प्रतिशत पनि खर्च भएन

सोमवार, फागुन १८, २०८२

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को आठ महिना बित्न लाग्दा पनि यस वर्ष छुट्याइएको पूँजीगत बजेटमध्येबाट २० प्रतिशत पनि खर्च हुन सकेको छैन ।

सरकारले चालू आर्थिक वर्षका लागि ४ खर्ब ७ अर्ब रुपैयाँ बराबर विकासका लागि बजेट छुट्टाएको थियो । महालेखा नियन्त्रक कार्यालयकाअनुसार पूँजीगत शीर्षकमा छुट्टाइएको बजेटमध्येबाट फागुन १७ गते सम्ममा ७५ अर्ब ८३ करोड ४३ लाख रुपैयाँ मात्रै खर्च भएको छ । यो खर्च सम्बन्धित शीर्षकमा १८ दशमलव ५९ प्रतिशत मात्रै हो ।

सरकारले चालू आर्थिक वर्षको आठ महिना बित्न लाग्दा समेत १ खर्ब रुपैयाँ पनि विकास बजेट खर्च गर्न नसकेको यो तथ्याङ्कले देखाएको छ ।

निर्माणको गति अघि नबढेका कारण अहिले पूँजीगत खर्च हुन नसकेको नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले बताउनुभयो । उहाँकाअनुसार काम गर्ने समयमा सरकारले ठेक्का तोडेका कारण कामहरू प्रभावित भए भने अहिले मुख्यगरी काम नहुनुको कारण आर्थिकदेखि मजदुर अभाव रहेको छ ।

अर्थतन्त्र चलायमान नहुँदा निर्माणसँगै धेरै क्षेत्रहरू प्रभावित भइरहेको अध्यक्ष सिंहको भनाइ छ । उहाँकाअनुसार निर्माण क्षेत्र चलायमान हुने हो भने अरू धेरै क्षेत्रहरूमा गतिविधिहरू बढ्नेछ ।

सम्बन्धित खबर