
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको दिन फागुन २१ गते देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्युएफएक्सका देशभरका हल बन्द हुने भएको छ। क्यूएफएक्सले एक सूचना जारी गर्दै हल बन्द रहने जानकारी दिएको हो।
निर्वाचनलाई सहजीकरण गर्न हल बन्द गरेको क्युएफएक्सले जनाएको छ। ‘हाम्रा सबै कर्मचारीहरूलाई मतदान गर्न प्रोत्साहन गरिएकोले केही स्थानहरूको सेवा फागुन २० र २२ गते प्रचावित हुनेछ,’ जारी सूचनामा भनिएको छ।
क्युएफएक्सले हल आउनुअघि आधिकारिक वेबसाइड वा एप अनुरोध समेत गरेको छ।



