२०८२ फागुन १७ आइतवार , १०:०९:२३ बजे

Sajhamanch
'

‘झापा २ का जनतताले नै भनिसके तपाईंको जीत सुनिश्चित’ : नेकपा उम्मेदवार चापागाईं

आइतवार, फागुन १७, २०८२

अर्जुनधारा । गणतन्त्रलाई संस्थागत गर्दै समाजवादबाट राष्ट्रलाई समृद्ध बनाउन नेकपा तयार भएको झापा क्षेत्र नम्बर २ का उम्मेद्वार धर्मशीला चापागाईंले बताउनु भएको छ ।

क्षेत्र नम्बर २ को उत्तरी खण्डमा गरिएको मोटरसाइकल र्यालीलाई सम्बोधन गर्दै उहाँले ‘२०७२ को संविधान हुँदै गणतन्त्र स्थापित गर्यौं । त्यसमा अन्य फूलहरु फुल्ने मौका पाए । पूर्ण समानुपातिक, समाजवाद उन्मुख नीतिबाट जनतालाई स्वास्थ्य, शिक्षा निःशुल्क गर्नुपर्ने, अव्यवस्थित बसोबासलाई पूर्णता दिनुपर्ने महिला, दलित, उत्पीडित वर्गलाई सम्मानतामा उभ्याउनु पर्ने दिन आएको हुँदा संस्थागत गर्ने पार्टी नेकपालाई थप जिम्मेवारी आएको छ ।’

आफू घरदैलोमा हिड्दै गर्दा, मुद्दा र विचार सही भएको हुँदा तपाईको विजय सुनिश्चित भएको जनताले बताएको धारणा राख्दै उम्मेदवार चापागाईंले त्यसैले आफू विजयको संघारमा पुगेको उहाँको दावी छ ।

निर्वाचन परिचालन समितिका संयोजक हरिकुमार रानाको अगुवाईमा भएको मोटरसाइकल र्यालीमा केन्द्रीय सदस्यहरु भास्कर काफ्ले, डा. वीपी मिश्र, पवन तिम्सिना, धनबहादुर पन्धाक, वाईसीएलका कुमार आचार्य, सीपी कडरिया, खड्क कन्दङ्वा, ज्योतिसिंह दर्लामी, प्रत्युस राना, तारा श्रेष्ठ, सन्ध्या मास्के लगायतको सहभागिता थियो ।

सम्बन्धित खबर