
काठमाडौं । राष्ट्रिय लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले जनजागृति क्लबलाई हराएको छ । दशरथ रङ्गशालामा भएको आजको पहिलो खेलमा आर्मीले जनजागृतिलाई ३–० गोलले हराएको हो ।
यो जीतसँगै आर्मीले ८ खेलमा १७ अङ्क जोड्दै पाँचौ स्थानमा छ । लगातार ८ खेलमा पराजित जनजागृति अङ्कविहिन हुँदै तालिकाको पुछारमा छ ।
अहिले रशरथ रङ्गशालामा न्युरोड टिम (एनआरटी) र चित्लाङ फुटबल क्लबको खेल चलिरहेको छ । आजै बेलुका ६ बजे रशरथ रङ्गशालामा मनाङ मस्र्याङ्दी क्लब र प्लानिङ बोइज युनाडेटबीच खेल हुँदैछ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भइरहेको राष्ट्रिय लिगमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् । प्रतियोगिताका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा भइरहेका छन् ।


