२०८२ फागुन १७ आइतवार , ०५:०१:५८ बजे

Sajhamanch
'

चुनावको सम्पूर्ण तयारी पूरा, हिमाली भेगका दुर्गम बस्तीसम्म पुग्यो सामग्री

आइतवार, फागुन १७, २०८२

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यही बिहिवार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण व्यवस्थापकीय र प्राविधिक तयारी पूरा भएको बताउनुभएको छ ।

आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँका अनुसार देशका उच्च पहाडी र हिमाली जिल्लाका साथै हिमाल पारिका दुर्गम बस्तीहरूमा समेत निर्वाचन सामग्री पुगिसकेका छन् ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी उहाँले निर्वाचनको मिति घोषणा भएदेखि नै सञ्चार जगतले सकारात्मक भूमिका खेलेका कारण चुनावको माहोल देउरालीसम्म आइपुगेको र २१ गते भञ्ज्याङमा पुगेर भारी बिसाउने (चुनाव सम्पन्न हुने) विश्वास व्यक्त गर्नुभयो । जनशक्ति परिचालन र सुरक्षा व्यवस्थापनको पक्षबाट आयोग पूर्ण रूपमा ढुक्क रहेको उहाँको भनाइ छ ।

सम्बन्धित खबर