२०८२ फागुन १७ आइतवार , ०५:०२:३९ बजे

Sajhamanch
'

केपी ओलीले हार्दा देशले हार्छ : एमाले उपमहासचिव भट्टराई

आइतवार, फागुन १७, २०८२

दमक । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आगामी निर्वाचनमा नेकपा एमाले र केपी शर्मा ओलीले हार व्यहोर्नु परे देशलेनै हार भोग्नु पर्ने बताउनु भएको छ ।

एमाले अध्यक्ष उम्मेद्वार रहनु भएको झापाको कमल गाउँपालिकामा आज आयोजित मोटरसाइकल र्‍यालीको उद्घाटनका क्रममा उहाँले आगामी निर्वाचनबाट राष्ट्रवादी शक्तिलाई विजयी गराउन आग्रह गर्नु भएको हो । अहिले राष्ट्रवादी शक्तिको नेतृत्व एमालेले गरिरहेको र एमालेको नेतृत्व केपी शर्मा ओलीले गर्नु भएकाले एमाले र ओलीको जीत जरुरी रहेको भट्टराईको भनाई छ ।

झापाले नेपाली कम्युनिष्ट आन्दोनलाई पुनर्जीवन दिएको बताउँदै एमाले उपमहासचिव भट्टराईले राष्ट्रवादी शक्तिलाई निर्वाचित गराई देशव्यापी सन्देश दिनेमा आफू ढुक्क रहेको पनि बताउनुभयो ।


झापा क्षेत्र नं. ५ अन्तर्गतको कमल गाउँपालिका वडा नं. ७ को गेउरियामा आयोजित सभामा उहाँले यस क्षेत्रमा भएको विकासको मोडल देशकै लागि नमूना रहेको समेत दावी गर्नुभयो । उपमहासचिव भट्टराई पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीलाई जिताउने चुनावी अभियानका क्रममा यस क्षेत्रका विभिन्न कार्यक्रममा सहभागी भइरहनु भएको छ ।

सम्बन्धित खबर