
सुनसरी । प्रहरीले प्रतिनिधिसभाको निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा सुनसरीबाट तीनजनालाई पक्राउ गरेको छ ।
इनरुवास्थित जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आशंकामा उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा इलामको माङसेबुङ गाउपालिका–१ बस्ने ३८ वर्षीय प्रविन मिश्र, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० बस्ने ५१ वर्षीय सिताराम बुढाथोकी र भोजपुरको साप्लासिसो गाउँपालिका-१ बस्ने ४६ वर्षीय डिल्लिराम बोहोरा रहेका छन् ।
उनीहरूलाई सुनसीरीको विभिन्न क्षेत्रबाट पक्राउ गरिएको सुनसरीका एसपी केशव थेबेले बताउनु भयो । प्रहरीले बुढाथोकी र बोहोरालाई शनिबार र मिश्रलाई गत बुधबार पक्राउ गरेको जनाएको छ ।
निर्वाचनको वातावरण विथोल्ने सर्वसाधारणलाई मतदान स्थल नजान धम्काउने जस्ता शंस्कास्पद गतिविधिमा संलग्न भएको पाइएपछि नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको एसपी थेबेले बताउनु भयो ।


