२०८२ फागुन १७ आइतवार , १०:३४:५२ बजे

Sajhamanch
'

यी तीनवटा प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

आइतवार, फागुन १७, २०८२

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भाग, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा साधारणतया बादल तथा अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बादल लागेको छ ।कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात भइरहेको छ । तराई भागका केही स्थानमा तुँवालो लागेको छ ।

महाशाखाका अनुसार, आज दिउँसो तराई भू-भागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ भने देशका हिमाली भू(भागमा साधरणतया बादल लाग्नेछ ।

देशका पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम सफा रहनेछ । तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशका हिमाली भागका केही स्थान तथा अन्य प्रदेशका हिमाली भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

कोसी र गण्डकी प्रदेशका पहाडी भू-भागका समेत एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।त्यसैगरी आज राति तराई भू-भागका केही स्थानमा तुँवालो रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू(भागमा साधरणतया बादल लाग्नेछ ।

कोसी र गण्डकी प्रदेशका पहाडी भू-भागसहित अन्य हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित खबर