
काठमाडौं । राष्ट्रिय लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले जावलाखेल युथ क्लबलाई हराएको छ । दशरथ रङ्गशालामा हिजो भएको खेलमा आर्मीले जावलाखेललाई २–० गोल अन्तरले हराएको हो ।
हिजै भएका अन्य खेलमा नेपाल पुलिस क्लबले जनजागृती युवा क्लबलाई हराउँदा प्लानिङ ब्वाइज युनाइटेड र न्युरोड टिम (एनआरटी) ले बराबरी खेलेका छन् । दशरथ रङ्गशालामा पुलिसले जनजागृतीलाई ७–० गोलको फराकिलो अन्तरले हराएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भइरहेको राष्ट्रिय लिगमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् । प्रतियोगिताका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा भइरहेका छन् ।


