२०८२ फागुन १४ बिहिवार , ०५:५६:३९ बजे

Sajhamanch
'

नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

बिहिवार, फागुन १४, २०८२

काठमाडौं । नेपाल र भारत सरकारबीच जैविक विविधता संरक्षणसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपालका वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईं र भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादवको उपस्थितिमा दिल्लीमा हस्ताक्षर भएको हो ।

नेपाल र भारतको सीमा जोडिएको क्षेत्रमा संरक्षित क्षेत्र र जैविक मार्ग रहनुका साथै ती क्षेत्रमा हात्ती, गैंडा र बाघलगायत थुप्रै वन्यजन्तुले निर्वाध रूपमा सीमा वारपार गर्ने गर्छन् ।

त्यसैले दुवै देशले संरक्षित क्षेत्र, जैविक विविधता र वन्यजन्तुसम्बन्धी अपराध नियन्त्रणको क्षेत्रमा समन्वय र सहकार्य गर्न, जैविक विविधतासम्बन्धी साझा रणनीति अवलम्बन गर्न र क्षेत्रमा कार्यरत कर्मचारीको क्षमता विकास गर्न यस समझदारीपत्रले भूमिका खेल्ने अपेक्षा छ ।

साथै सीमा वारपार क्षेत्रमा हुने वन्यजन्तुको चोरी शिकार तथा अवैध व्यापार नियन्त्रण र नियमन गर्न, वन्यजन्तुसम्बन्धी अध्ययन अनुसन्धान तथा अनुगमन गर्न र स्थानीयस्तरमा जनचेतना र क्षमता विकास गर्न समझदारीपत्रले सहयोग गर्ने वनमन्त्री चौलागाईंले बताउनुभयो । नेपाल र भारत संयुक्त राष्ट्रसङ्घअन्तर्गत जैविक विविधतालगायत विभिन्न वातावरण संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धीका पक्षराष्ट्र हुन् ।

बिहिवार, फागुन १४, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर