२०८२ फागुन १४ बिहिवार , ०४:५३:१३ बजे

Sajhamanch
'

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखियो : निर्वाचन आयुक्त तुलाधर

बिहिवार, फागुन १४, २०८२

काठमाडौं । निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले महिला स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको बताउनुभएको छ ।

राष्ट्रिय समाचार समितिसँग कुरा गर्दै तुलाधरले फागुन ३ गतेदेखि देशभरका ६ हजार ७४३ वडामा स्वयंसेवकमार्फत मतदाता शिक्षा संचालन भइरहेको छ ।

१७ गतेसम्म चल्ने यो कार्यक्रमले बदर मत घटाउन सहयोग पुग्ने अपेक्षा रहेको उहाँको भनाइ छ । महिला स्वास्थ्य स्वयंसेविकाले घरदैलोमा पुगेर नमुना मतपत्र देखाई मतदान सिकाउने काम गरिरहेका उहाँको भनाइ छ ।

आयुक्त तुलाधरले चुनावको सम्पूर्ण तयारी पूरा भइसकेको र सबै जिल्लामा मतपत्र पुगिसकेको जानकारी दिनुभयो । चुनाव सर्ने भनी फैलिएका हल्लालाई निराधार बताउँदै उहाँले संविधानबमोजिम फागुन २१ गते चुनाव सम्पन्न गर्नबाट कसैले पन्छिन नमिल्ने बताउनुभयो ।

बिहिवार, फागुन १४, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर