
झापा । झापाको कमल गाउँपालिका ५ को सिम्लेका बासिन्दाले नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग अव्यस्थित बसोबासको समस्या समाधान गरिदिन माग गरेका छन् ।
मतदाता भेटका क्रममा आज पुग्नु भएका ओली समक्ष सडक तथा रतुवामा पुल ओलीकै पहलमा निर्माण पूरा भयेकाले अब बसोबासको समस्या समाधान गरिदिन आग्रह गरेका हुन् ।


