२०८२ फागुन १३ बुधवार , ०४:५१:४३ बजे

Sajhamanch
'

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)

बुधवार, फागुन १३, २०८२

काठमाडौं । सरकारले हिजाे मंगलबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। यही फागुन २१ गते हुने चुनावलाई मध्यनजर गर्दै २०८२ फागुन १२ गते बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णय गृहमन्त्री ओमप्रकाश अर्यालले सार्वजनिक गर्नुभएको हाे।

निर्वाचनको क्रममा घाइते हुने सुरक्षाकर्मी र निर्वाचन प्रहरीको उपचार खर्च नेपाल सरकारले व्यहोर्ने तथा सो अवधिमा मृत्यु भएमा आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराइने निर्णय पनि गरिएको छ।

बैठकले १६ औँ योजना कार्यान्वयन कार्ययोजना (२०८१/८२-२०८५/८६) स्वीकृत गरेको छ । बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत केरावारी-न्यू मर्स्याङ्दी, माथिल्लो जुनवेशीखोला र सेती खोला जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न र रुख हटाउन स्वीकृति दिने पनि निर्णय गरिएको छ।

गृहमन्त्री अर्यालले सरकारले चुनावलाई मध्यनजर गर्दै फागुन २०-२२ ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्का निर्णयहरू:

 

सम्बन्धित खबर