२०८२ फागुन १३ बुधवार , १२:०८:१६ बजे

Sajhamanch
'

मोरङ ४ का एमाले उम्मेदवार घिमिरेले पूरा गरे घरदैलो अभियान

बुधवार, फागुन १३, २०८२

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट मोरङ निर्वाचन क्षेत्र नं. ४ का उम्मेदवार जीवन घिमिरेको पहिलो चरणको घरदैलो अभियान सम्पन्न भएको छ । फागुन १३ गतेसम्म आफ्नो निर्वाचन क्षेत्रका २३ वटै वडामा घरदैलो कार्यक्रम सम्पन्न भएको उहाँको भनाई छ ।

घरदैलो अभियानका क्रममा करिब २० हजारभन्दा बढी घरधुरीमा पुगिएको र मतदातासँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्या, गुनासा तथा सुझाव संकलन गरिएको उम्मेदवार घिमिरेले बताउनु भयो ।

अभियानलाई व्यवस्थित बनाउन २३ वटै वडामा परिचालन समिति गठन गर्नुका साथै क्षेत्रीय परिचालन समिति, प्रचारप्रसार, सामाजिक सञ्जाल, युवा, महिला तथा पेशागत क्लस्टरमार्फत कार्यकर्तालाई टोल–टोलमा परिचालन गरिएको जनाइएको छ। करिब ३ हजार सक्रिय कार्यकर्ता अभियानमा खटिएको घिमिरेको दाबी छ।

वडास्तरमा आयोजित सभाहरू तथा घरदैलो कार्यक्रममा उल्लेखनीय जनसहभागिता देखिएको र मतदाताबाट न्यानो स्वागत तथा समर्थन प्राप्त भएको घिमिरेले बताउनु भयो ।

पहिलो चरणको अभियान सम्पन्न भएसँगै अब दोस्रो चरण अन्तर्गत टोलस्तरीय भेला, अन्तरक्रिया तथा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने घिमिरेको भनाई छ ।
अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने वडा कमिटी, परिचालन समितिका सदस्य तथा मोरङ–४ का मतदाताप्रति उम्मेदवार घिमिरेले धन्यवाद ज्ञापन गर्दै मतदातालाई सक्रिय बनाएर निर्वाचनबाट विजयी गराउन उहाँले अपील पनि गर्नुभएको छ ।