२०८२ फागुन १३ बुधवार , ११:३६:५१ बजे

Sajhamanch
'

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा : पाकिस्तान २ विकेटले पराजित

बुधवार, फागुन १३, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकपको सुपर–एट खेलमा पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको छ । यो विश्वकपमा सेमिफाइनलमा पुग्ने इंग्ल्यान्ड पहिलो टोलि बनेको छ ।

श्रीलंकाको पल्लेकेलेमा हिजो भएको खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई २ विकेटले हराउँदै एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १६५ रनको लक्ष्य इंग्ल्यान्डले ५ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो । इङ्ल्याण्डका कप्तान ह्यारी ब्रूकले ५१ बलमा एक सय रन बनाए । पाकिस्तानका शाहीन अफ्रिदीले ४ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १६४ रन बनाएको थियो । ओपनर शाहिबजादा फरहानले अर्धशतकसहित सर्वाधिक ६३ रन बनाए ।

इंग्ल्याान्डका लियाम डसनले ३ विकेट लिए । सुपर–एटको समूह २ मा रहेको इंग्ल्यान्डले यसअघि श्रीलंकालाई पराजित गरेको थियो । उसले २ खेलमा ४ अंक जोडेको छ ।

हारपछि पाकिस्तानको भने सेमिफाइनल पुग्ने सम्भावना लगभग सकिएको छ । अब श्रीलंकालाई हराएर अन्य नतिजामा पनि भर पर्नुपर्ने अवस्था छ । विश्वकपमा आज श्रीलंका र न्युजिल्याडले खेल्दैछन् । यो खेल बेलुका सवा ७ बजे श्रीलंकाको आर।प्रेमादासा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

सम्बन्धित खबर