२०८२ फागुन १२ मङ्गलवार , ०५:२९:४४ बजे

Sajhamanch
'

सेयर बजारका सबै सूचक बढे, घट्यो कारोबार

मङ्गलवार, फागुन १२, २०८२

 काठमाडौं । मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २१.६२ अंक बढेको छ ।

सो वृद्धिपछि २६३८ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से २ अंक बढेके थियो । नेप्से परिसूचक बढे पनि कारोबार रकम घट्दै गएको छ । अघिल्लो दिन ५ अर्ब १३ करोडको कारोबार भएकोमा आज ४ अर्ब २३ करोडको भयो । आइतबार ६ अर्ब ६९ करोडको कारोबार भएको थियो ।

२१३ कम्पनीको मूल्य बढ्दा ४२ को घट्यो भने ६ को स्थिर रह्यो ।

होटल तथा पर्यटन समूह सूचक सबैभन्दा धेरै २.०२ प्रतिशत बढ्यो । बैंकिङ ०.३०, विकास बैंक १.११, फाइनान्स ०.६४, हाइड्रोपावर १.२७, लगानी ०.६१, जीवन बीमा ०.७०, उत्पादन तथा प्रशोधन १.७६, माइक्रोफाइनान्स ०.७९, निर्जीवन बीमा ०.५२, अन्य ०.३३ तथा व्यापार १.४९ प्रतिशत बढे ।

साल्पा विकास बैंकको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । त्यस्तै रिलायन्स स्पिनिङ मिल्सको ९.३१, हिमालयन पावर पार्टनरको ९.१५, सागर डिस्टिलरीको ८.९६, बन्दीपुर केबुलकारको ८.३४ प्रतिशत मूल्य बढ्यो ।

नेपाल एसबीआई बैंकको मूल्य सबैभन्दा धेरै ३.५८ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा एसवाई प्यानल, आँखुखोला जलविद्युत् कम्पनी, राधि विद्युत्, ङादी ग्रुप र रिडी पावर छन् ।

सम्बन्धित खबर