२०८२ फागुन १२ मङ्गलवार , ११:५२:५१ बजे

Sajhamanch
'

साम्बाको उपचारका लागि कतार फुटबल सङ्घलाई पत्राचार गरेका छौँ : एन्फा

मङ्गलवार, फागुन १२, २०८२

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि कतार फुटबल सङ्घलाई पत्राचार गरेको बताएको छ ।

यसअघि साम्बाले आफ्नो उपचारमा सहयोग नपाएको बताएपछि एन्फाले प्रेस विज्ञप्ति निकालेर पत्राचारबारे जानकारी गराएको हो । साथै साम्बाको आग्रहअनुसार परराष्ट्र मन्त्रालयमार्फत उपचारसम्बन्धी आवश्यक समन्वयका लागि पत्राचार गरिसकेको एन्फाको भनाइ छ ।

हिजो सम्बाले एन्फा र सरकारबाट उपचारका लागि सहयोग नपाएको भन्दै सामाजिक सञ्जालमार्फत सहयोगको अपील गरेकी थिइन् ।

अस्ट्रेलियन ए लिग फुटबल खेल्ने क्रममा डेढ महिनाअघि साम्बाको घुँडामा चोट लागेको थियो । वेलिङ्गटन फिनिक्समा आबद्ध उनी ब्रिस्बेन रोअरसँगको खेलका क्रममा विपक्षी टोलीकी गोलकिपरसँग ठोक्किन पुगेकी थिइन् ।

सम्बन्धित खबर