२०८२ फागुन १० आइतवार , ०३:४७:१८ बजे

Sajhamanch
'

अब कुनै पनि बहानामा चुनाव रोक्नु हुँदैन : केपी ओली

आइतवार, फागुन १०, २०८२

झापा । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ को निर्वाचनप्रति आशङ्का पैदा भएको बताउनु भएको छ । चुनावी अभियानमा निर्वाचन क्षेत्र झापा आएका अध्यक्ष ओलीले सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै यस्तो बताउनु भएको हो ।

सरकारले त्यो आशङ्कालाई निवारण गर्नुपर्ने भन्दै ओलीले अब निर्वाचनलाई कुनै पनि बहानामा रोक्न नहुने धारणा ओलीको छ । उहाँले मानिसहरू निर्वाचनमा धाँधलीको आशङ्का गम्भीर रूपमा गरिरहेको बताउनु भयो । त्यस प्रकारको आशङ्काको समेत सरकारले निवारण गर्नुपर्ने उहाँको भनाई थियो ।

शान्तिप्रति मानिसहरू ढुक्क नभएको बताउँदै अध्यक्ष ओलीले शान्ति सुरक्षाको प्रत्याभूति गराउन सरकारलाई सुझाव दिनु भएको छ । ‘निर्वाचनमा सहभागी भइसके पनि मेरो दलको तर्फबाट निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचनका लागि एमाले सहयोग गर्न तयार छ’, ओलीले एमाले निर्वाचनको वातावरण विगार्ने, बिथोल्ने काममा सहभागी नहुने पनि स्पष्ट पार्नु भएको छ ।

सम्बन्धित खबर