२०८२ फागुन ६ बुधवार , ०४:२५:२१ बजे

Sajhamanch
'

टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्र चौथो स्थानमा उक्लिए

बुधवार, फागुन ६, २०८२

काठमाडौं । आईसीसी टी–२० अलराउन्डर वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरीले दुई स्थान सुधार गरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा दीपेन्द्र दुई स्थान सुधार गर्दै चौथो स्थानमा उक्लिएका हुन् ।

भारत र श्रीलङ्का चलिरहेको टी–२० विश्वकपमा गरेको प्रदर्शनपछि दीपेन्द्रले वरीयतामा सुधार गरेका हुन् । उनले टी–२० विश्कपमा १६९ रन बनाउँदै २ विकेट लिएक ।

टी–२० अलराउन्डर वरीयतामा कुशल भुर्तेलले एक स्थान र रोहित पौडेलले दुई स्थान सुधार गरेका छन् । यो वरीयतामा पाकिस्तानका सइम अयुब शीर्ष, जिम्बावेका सिकन्दर राजा दोस्रो र भारतका हार्दिक पान्ड्या तेस्रो स्थानमा छन् ।

यस्तै दीपेन्द्र टी–२० ब्याटिङ वरीयतामा ११ स्थान सुधार गर्दै ६०औँ स्थानमा उक्लिएका छन् । यो वरीयतामा भारतका अभिषेक शर्मा शीर्ष, इङ्ग्ल्यान्डका फिल साल्ट दोस्रो र श्रीलङ्काका पथुम निसान्का तेस्रो स्थानमा छन् ।

यस्तै दीपेन्द्र टी–२० बलिङ वरीयतामा तीन स्थान सुधार गर्दै ६९औँ स्थानमा र सोमपाल कामी १७ स्थान सुधार गर्दै १००औँ स्थानमा उक्लिएका छन् । यो वरीयतामा भारतका वरुण चक्रवर्ती शीर्ष, अफगानिस्तानका राशिद खान दोस्रो र पाकिस्तानका अब्रार अहमद तेस्रो स्थानमा छन् ।

सम्बन्धित खबर