२०८२ फागुन ६ बुधवार , ०१:३३:२८ बजे

Sajhamanch
'

स्कुटर चालकको मृत्यु भएपछि अवरुद्ध भएको अरनिको राजमार्ग सञ्चालन

बुधवार, फागुन ६, २०८२

काभ्रे । टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि अवरुद्ध भएको बनेपास्थित अरनिको राजमार्ग सञ्चालनमा आएको छ । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर राजमार्ग सञ्चालनमा ल्याइएको हो ।

बनेपाको दूरसञ्चार कार्यालय नजिकै भएको दुर्घटनापछि स्कुटर चालक धुलिखेल नगरपालिका-५ का ३१ वर्षीय ओमन प्रधानको मृत्यु भएको थियो । ओमनको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका थिए ।

बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२-०६३ प ९१८९ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिएको थियो ।

घटनापछि बनेपा क्षेत्र तनावग्रस्त बनेको थियो । आक्रोशित स्थानीयले ठक्कर दिने टिपर जलाएका छन् ।

स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीका एसपी कोमल शाह र सशस्त्र प्रहरीका एसपी माधव रेग्मी नेतृत्वमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका थिए ।

अहिले सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएका छन् । प्रदर्शनकारीले टिपर जलाउन खोज्दा प्रहरीले अश्रु ग्याँस पनि प्रहार गरेको थियो ।

सम्बन्धित खबर