२०८२ फागुन ५ मङ्गलवार , ०२:४७:४३ बजे

Sajhamanch
'

गएको भदौ २३ र २४ को प्रदर्शनमा घाइते भएका २०० जनाको वर्गीकरण

मङ्गलवार, फागुन ५, २०८२

काठमाडौं । गएको भदौ २३ र २४ गतेको प्रदर्शनमा घाइते भएका २०० जनाको वर्गीकरण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार अहिलेसम्म २०० जना घाइतेको वर्गीकरण विवरण प्राप्त भएको छ ।

गएको कात्तिक र मङ्सिर १८३ जना, पुसमा १६ र माघमा एक जनाको मात्र वर्गीकरण भएको उहाँले जानकारी दिनुभयो । सम्बन्धित जिल्ला प्रशासन कार्यालयले नव युवाको पछिल्लो प्रदर्शनकाक्रममा घाइते भएको विवरण पठाउनुपर्ने थियो ।

त्यसका लागि पटकपटक सूचना जारी गर्दा पनि थप घाइते सम्पर्कमा नआएका जानकारी गराएका मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले बताउनुभयो । उहाँले थप सम्पर्कमा नआएपछि घाइतेको वर्गीकरण र नयाँ घाइतेको विवरण सङ्कलन गर्ने कार्य निश्चित अवधि तोकेर अगाडि बढाइने जानकारी दिनुभयो ।

प्रर्दशनका क्रममा विवरणभन्दा धेरै जना घाइते भए पनि सामान्य घाइतेलाई केही सुविधा उपलब्ध नहुने भएकाले पनि सम्पर्कमा नआएका हुनसक्ने उहाँले बताउनुभयो । नवयुवाको प्रदर्शनका क्रममा दुई हजार ५९९ जना घाइते भएका मन्त्रालयको तथ्याङ्क छ ।

मङ्गलवार, फागुन ५, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर