२०८२ फागुन ५ मङ्गलवार , १२:०९:०३ बजे

Sajhamanch
'

टी–२० विश्वकप : अस्ट्रेलियालाई हराउँदै श्रीलङ्का र इटालीलाई हराउँदै इंग्ल्यान्ड ‘सुपर एट’मा प्रवेश

मङ्गलवार, फागुन ५, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियालाई हराउँदै श्रीलङ्का ‘सुपर एट’मा प्रवेश गरेको छ । गएराति भएको खेलमा आयोजक श्रीलङ्काले अस्ट्रेलियालाई ८ विकेटले हराएको हो ।

अस्ट्रेलियाले दिएको १८२ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १८ ओभरमा २ विकेट गुमाएर भेटायो । श्रीलङ्काका पथुम निसानकाले शतकीय पारी खेले । उनले ५२ बलमा अविजित १०० रन बनाए । यस्तै कुसल मेन्डिसले ५१ रन बनाए । अस्ट्रेलियाका मार्कुस स्टोइनिसले २ विकेट लिए ।

त्यसअघि श्रीलङ्काको पल्लेकलेमा टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले सबै विकेट गुमाएर १८१ रन बनायो । अस्ट्रेलियाका ट्राभिस हेडले ५६ र कप्तान मिशेल मार्शले ५४ रन बनाए । श्रीलङ्काका दुषण हेमन्थले ३ विकेट लिए ।

समूह ‘सी’मा श्रीलङ्काका लगातार ३ खेल जित्दै ६ अङ्कसहित शीर्ष स्थानमा छ । यस्तै इटालीलाई २४ रनले हराउँदै इंग्ल्यान्ड पनि ‘सुपर एट’मा प्रवेश गरेको छ । हिजो भएको खेलमा इंग्ल्याण्डले दिएको २०३ रनको लक्ष्य पछ्याएको इटाली १७८ रन बनाउँदै अलआउट भयो ।

त्यसअघि भारतको इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको इंग्ल्याण्डले ७ विकेट गुमाएर २०२ रन बनायो । समूह ‘सी’बाट वेस्ट इन्डिज र इंग्ल्याण्ड ‘सुपर एट’मा पुगेका हुन् ।

सम्बन्धित खबर