२०८२ फागुन ४ सोमवार , १२:०७:४९ बजे

Sajhamanch
'

घरजग्गा कारोबारबाट माघ महिनामा ५ अर्ब रुपैयाँ राजस्व सङ्कलन

सोमवार, फागुन ४, २०८२

काठमाडौं । गएको माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले ५ अर्ब नौ लाख २४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेका छन् ।

पुसमा ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ राजस्व सङ्कलन भएकोमा माघमा भने केही घटेको हो । मालपोतको राजस्व सङ्कलनल लगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार उल्लेख्य रुपमा बढ्न सकेको छैन ।

विभागका अनुसार गएको माघ महिनामा कूल ५० हजार ८३७ लिखत पारित भएको छ । गएको वर्षको तुलनामा यसवर्षको माघमा लिखत पारितको सङ्ख्या केही बढेको छ ।

विभागका अनुसार गएको माघमा सेवा करबापत ३१ करोड ५८ लाख ७२ हजार ४८८ रुपैयाँ, रजिस्ट्रेसन दस्तुर २ अर्ब ६८ करोड ६९ लाख ४२ हजार ५३२ रुपैयाँ सङ्कलन भएको थियो ।

त्यसैगरी पुँजीगत लाभकरबापत १ अर्ब ९६ करोड ५५ लाख १२ हजार २६७ रुपैयाँ सङ्कलन भएको विभागले जनाएको छ ।

सम्बन्धित खबर