२०८२ फागुन ३ आइतवार , ०३:४०:३१ बजे

Sajhamanch
'

निर्वाचनका लागि ढुक्कको वातावरण बनि नसकेको एमाले अध्यक्ष ओलीको भनाई

आइतवार, फागुन ३, २०८२

भद्रपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावका लागि ढुक्कको वातावरण बनि नसकेको बताउनु भएको छ ।

काठमाडौबाट झापाका चुनावी कार्यक्रमका लागि आउने क्रममा चन्द्रगढी बिमानस्थलमा अध्यक्ष ओलीले पार्टी चुनावको तयारीमा लागि रहेको तर ढुक्कको वातावरण बनि नसकेको जनाउनु भएको हो । यस बारेमा सरकारले धेरै कुरा जान्नु पर्ने समेत उहाँले बताउनुभयो ।

यसअघि अध्यक्ष ओलीले झापा क्षेत्र नं. ५ का कमल, गौरादह तथा गौरीगञ्जका विभिन्न टोलमा पुगेर मतदाताहरुसँग भेट गर्नु भएको थियो । यस पटक अध्यक्ष ओलीको भेटघाट दमकमा केन्द्रित हुने छ ।

आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं. ५ बाट उम्मेद्वार रहनु भएका पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली २०४८ सालको निर्वाचन देखिनै यही भुगोलबाट निर्वाचन लड्दै आउनु भएकाे छ ।

सम्बन्धित खबर