२०८२ फागुन ३ आइतवार , ०१:४४:१९ बजे

Sajhamanch
'

पशुपतिनाथसहित देशैभरका शिवालयमा भक्तजनको घुईंचो

आइतवार, फागुन ३, २०८२

काठमाडौं । आज महाशिवरात्रि, पशुपतिनाथसहित देशभरका शिवालयहरुमा बिहानैदेखि घुईंचो लागेको छ ।

काठमाडौंको पशुपतिनाथमा देशका विभिन्न ठाउँ र भारतबाट समेत दर्शनार्थी आएका छन् । पशुपतिनाथमा विशेष व्यवस्था मिलाइएको छ । साधुसन्तको पनि चहलपहल छ । देशका अरू ठाउँका शिवालयहरुमा पनि उस्तै घुईंचो छ ।