२०८२ फागुन २ शनिवार , ०९:०७:५८ बजे

Sajhamanch
'

स्वरोजगार साकोसमा कर्मचारीलाई तालिम

शनिवार, फागुन २, २०८२

बिर्तामोड । यहाँस्थित स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना कर्मचारी तथा बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धि तालिम शनिबार सम्पन्न गरेको छ । तालिम कार्यक्रममा इलाम र झापाका सेवा केन्द्रहरुमा कार्यरत कर्मचारी तथा बजार प्रतिनिधिहरुको सहभागिता थियो ।

कार्यक्रममा बचत बृद्धि, व्यवस्थित कर्जा लगानी तथा ऋण असुली, संस्थाको दीगोपनामा कर्मचारीको भूमिका, सदस्य संख्याका आधारमा लगानी प्रतिशत, बचतको ब्याजदर लगायतका विषयमा सहजीकरण गरिएको थियो ।

संस्थाका अध्यक्ष केशव बस्नेतको अध्यक्षतमा आयोजित तालिममा व्यवस्थापक रुपन चाम्लिङ, राजप्रताप भण्डारी लगायतले सहजीकरण गरेका थिए ।

उत्कृष्ठ कर्मचारी तथा उत्कृष्ठ शाखालाई सम्मान गरिएको उक्त कार्यक्रममा संस्थाको चारआली सेवा केन्द्रले उत्कृष्टतामा ह्याट्रिक गरेको छ । बचत, ऋण लगानी तथा असुलीका लागि संस्थाले दिएका मापदण्डमा उत्कृष्ठता प्रदर्शन गर्दै चारआली सेवा केन्द्र निरन्तर तेस्रो पटक सम्मानित भएको जनाइएको छ ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष मनोज भट्टराईले संस्थाको गतिविधिबारे जानकारी गराउँदै सहकार्यमा परिवारलाई पनि जोड्न आग्रह गरे । संस्थाले प्रदान गर्ने सेवा सुविधामा परिवार जोडिन नसक्दा कतिपय अवस्थामा खल्लो महशुस भएको बताउँदै कर्मचारीका परिवारलाई पनि जोड्न सुझाएका हुन् ।

सञ्चालक समिति सदस्य भोला परियारले शाब्दिक स्वागत गरेको कार्यक्रममा बुधबारे, राजगढ, गरामनी, खुदुनावारी, दानावारी, शनिश्चरे लगायतका सेवा केन्द्रका कर्मचारीहरुको सहभागिता रहेको जनाइएको छ ।

सम्बन्धित खबर