२०८२ फागुन १ शुक्रवार , ०६:५३:१९ बजे

Sajhamanch
'

आयल निगमको गण्डकी प्रादेशिक कार्यालयका प्रमुखसहित ३ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

शुक्रवार, फागुन १, २०८२

काठमाडौं । विशेष अदालतले नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालयका प्रमुख चित्तरञ्जन दाससहित तीन जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरी कैद र जरिवानाको फैसला सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश विदुर कोइरालाको इजलासले निगमका प्रमुख दास, निर्मल थापा र बाबुराम जमरकट्टेललाई जनही पाँच महिना कैद र जरिवाना हुने फैसला सुनाएको हो ।

तीन जनालाई बिगो ४ लाख ४८ हजार ५२५ काे आधा रकम २ लाख २४ लाख २६२ रुपैयाँलाई दामासाहीले भाग लगाउँदा हुने जरिवाना तिर्नुपर्ने फैसला सुनाएको छ । साथै पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क भराउनसमेत भनेको छ ।

उनीहरूमाथि अवैध रूपमा डिजेल कारोबार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । कुल १२ हजार लिटर डिजेल पठाउनुपर्नेमा १५ हजार ३८ लिटर पठाइएको र त्यो डिजेल बोकेको ट्याङ्कर पोखरा महानगरपालिका–२७ मा नियन्त्रणमा लिइएको थियो ।

यही मुद्दामा गण्डकी धौलागिरि पेट्रोलियम एसोसिएशनका तत्कालीन प्रतिनिधि जगन्नाथ ढुङ्गाना र लक्ष्मण रानाभाटको हकमा भने मिलेमतो गरेको प्रमाण नपुगेको भन्दै सफाइ दिएको छ ।

सम्बन्धित खबर