२०८२ फागुन १ शुक्रवार , ०४:०१:५६ बजे

Sajhamanch
'

ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं फर्किँदा त्रिभुवन विमानस्थल परिसर अस्तव्यस्त, सर्वसाधारणलाई सास्ती

शुक्रवार, फागुन १, २०८२

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाण्डौ फर्किँदा आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपरको अवस्था अस्तव्यस्त बनेको छ ।

विमानस्थल वरपर स्थानीय प्रशासनले यसअघि नै निषेधाज्ञा जारी गरेको थियो । विमानस्थल आसपासका सार्वजनिक सडक तथा क्षेत्रमा यातायात सञ्चालन र नागरिकको आवागमनमा अवरोध पुग्ने गरी कुनै पनि प्रकारका जुलुस, प्रदर्शन, हडल, घेराउ वा भेला नगर्न आग्रहसहित प्रशासनले निषेधित तथा संवेदनशील क्षेत्रमा कानून विपरीतका गतिविधिमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको थियो ।

तर विमानस्थल आसपासमा राप्रपा तथा राजावादी समूहका दुर्गा प्रसाईंसहितका समर्थक पुगेपछि ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुँदा यात्रु तथा सर्वसाधारण भने समस्यामा परेका हुन् ।

आज विमानस्थलदेखि निर्मल निवाससम्म तथा काठमाडौंका अन्य चोकमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् । पूर्वराजा शाहलाई समर्थकले र्‍यालीसहित विमानस्थलबाट निर्मल निवास पुर्‍याएका छन् ।

शुक्रवार, फागुन १, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर