२०८२ फागुन १ शुक्रवार , ०३:२३:५६ बजे

Sajhamanch
'

एशिया कप राइजिङ स्टार्स क्रिकेटमा नेपाल पहिलो खेलमा पराजित

शुक्रवार, फागुन १, २०८२

काठमाडौं । एसीसी महिला एशिया कप राइजिङ स्टार्स क्रिकेटमा नेपाली टोली पहिलो खेलमा पराजित भएको छ । थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग ३० रनले पराजित भयो ।

पाकिस्तानले दिएको १३८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १०७ रनमात्र बनाउन सक्यो । नेपालकी विन्दु रावलले ४५ बलमा ३९ रन बनाइन् । पाकिस्तानकी अनुशा नासिरले ३ विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनायो । पाकिस्तानकी कप्तान हफ्सा खालिदले नटआउट ४० रन बनाइन् । नेपालकी कविता कुँवरले २ विकेट लिइन् ।

नेपालले समूह चरणको दोस्रो खेलमा पर्सि आइतवार यूएईसँग र अन्तिम खेलमा भारत ‘ए’ सँग खेल्नेछ ।

थाइल्यान्डमा आजदेखि शुरू भएको प्रतियोगितामा आठ वटा टोलीलाई दुई वटा समूहमा विभाजन गरिएको छ । समूह चरणका खेलपछि शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल यही फेब्रुअरी २२ मा हुनेछ ।

सम्बन्धित खबर