२०८२ फागुन १ शुक्रवार , ०२:१६:०९ बजे

Sajhamanch
'

चुनावी गतिविधिबारे जानकारी लिन प्रधानमन्त्री कार्की ताप्लेजुङमा

शुक्रवार, फागुन १, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य चुनावको तयारी तथा शान्ति सुरक्षाको अवस्था बुझ्न ताप्लेजुङ पुग्नु भएको छ । आजै बिहान उहाँले पाथीभरा माताको दर्शन गर्नुभएको छ ।

पूजाअर्चनापछि प्रधानमन्त्री कार्कीले ‘फागुन महिना, निर्वाचन महिना पाथीभराबाट शुरूवात’ भन्दै शान्तिपूर्ण चुनावका लागि कामना गरेको सामाजिक सञ्जालमा लेख्नुभएको छ । उहाँले जिल्लाका सुरक्षा निकायका प्रमुखका साथै मुख्य निर्वाचन अधिकृत तथा चुनावमा खटिएका अधिकारीहरुसँग भेट समेत गर्दै हुनुहुन्छ ।

चुनावको वातावरण बुझ्नको लागि प्रधानमन्त्री कार्की हिजो सोलुखुम्बुको नाम्चे र सल्लेरी पुग्नु भएको थियो । हेलिकोप्टरमार्फत नाम्चे पुगेर त्यसपछि सदरमुकाम सल्लेरी पुग्नुभएकी प्रधानमन्त्री कार्कीले सरोकारवालालाई भेटेपछि सञ्चारकर्मीसँग कुरा गर्दै चुनावमा शङ्का नगर्न आग्रह गर्नुभएको थियो ।

सम्बन्धित खबर