२०८२ फागुन १ शुक्रवार , १२:१६:५८ बजे

Sajhamanch
'

५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, कर्णाली प्रदेशमा पठाउन शुरू

शुक्रवार, फागुन १, २०८२

काठमाडौं । ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको निर्वाचन आयोगले जनाएको छ । हिजोसम्म कूल १ करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ सकिएको छ ।

आयोगले कर्णाली प्रदेशका विभिन्न १० जिल्लामा मतपत्र पठाउन थालेको छ । मतपत्र छपाइ सम्पन्न भएका कर्णालीका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा ढुवानी गर्न थालेको आयोगले जनाएको छ ।

सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतका निर्वाचन क्षेत्रमा मतपत्रको ढुवानी गरिएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिनुभयो ।

आयोगका अनुसार अहिलेसम्म १४ हजार ३१ बाकस मतपत्र प्याकिङ भइसकेको छ । दैनिक झन्डै १ हजार बाकस मतपत्र प्याकिङ र १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ ।

प्रतिनिधिसभा सदस्य चुनावका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा मतपत्र छपाइ भइरहेको छ । पहिलो चरणमा १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाएको आयोगले जनाएको छ ।

सम्बन्धित खबर