२०८२ माघ २९ बिहिवार , ०६:१५:४९ बजे

Sajhamanch
'

शेयर बजार ४ दिनपछि बढ्यो, ११ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

बिहिवार, माघ २९, २०८२

काठमाडौं । शेयर बजार ४ दिनपछि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव ९७ अङ्कले बढेर २ हजार ६७१ दशमलव ०७ विन्दुमा पुगेको छ ।

आज होटल, माइक्रोफाइनान्स, निर्जीवन बीमा, अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक समूहको शेयर १ दशमलव १८ प्रतिशतले उकालो लागेको छ ।

आज १३९ वटा कम्पनीको शेयर बढेकोमा ११५ वटाको घटेको छ । यस्तै ६ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन कालिञ्चोक दर्शन कम्पनीको शेयर भने सबैभन्दा धेरै ७ दशमलव ५९ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ८ अर्ब ६९ करोडको कारोबार भएकोमा आज ३३७ वटा कम्पनीका २ करोड ७७ लाख कित्ता शेयर ११ अर्ब १० करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित खबर