२०८२ माघ २७ मङ्गलवार , ०९:१५:५७ बजे

Sajhamanch
'

मुद्रण उद्योग संघ झापाको स्थापना दिवसमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

मङ्गलवार, माघ २७, २०८२

बिर्तामोड । विद्यार्थीहरुसँग खुशी साट्दै मुद्रण उद्योग संघ झापाले आफ्नो १४औँ स्थापना दिवस मनाएको छ । मंगलबार अर्जुनधारा–५ पानीकलस्थित समाजसेवी आधारभूत विद्यालयका ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै संघले स्थापना दिवस मनाएको हो ।

‘स्थापना दिवस भनेको संघको जन्मोत्सव जस्तै हो, त्यसैले ससाना नानीबाबुहरुलाई थोरै भए पनि सहयोग गर्न पाउँदा खुशी छौँ’ संघका अध्यक्ष रोहित भट्टराईले भन्नुभयो । कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय सदस्य गोविन्द निरौला, विद्यालयका प्रधानाध्यापक मेघराज भट्टराई लगायतले मन्तव्य राख्नु भएको थियो ।

प्रमुख अतिथिका रुपमा रहनु भएका विद्यालयका जग्गादाता डम्बर घिमिरेले सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गर्दै विद्यालयको गुणस्तर सुधारका निम्ति विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुले मेहनत गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य चन्द्रा तामाङ, तिलकुमारी तिम्सिना, लक्ष्मण कोइराला, स्वयंसेविका कुसुम अधिकारी लगायतको उपस्थिति थियो । कार्यक्रममा मुद्रण उद्योग संघका सहसचिव टंक निरौला, सदस्यहरु पुण्यप्रसाद खतिवडा, विष्णु सुब्बा, रमेश घिमिरे, झरेन्द्र खतिवडा लगायतको सक्रिय सहभागिता रहेको थियो ।

सोही कार्यक्रममा संघका सदस्य झरेन्द्र खतिवडाले ५ हजार १००, विष्णु इङनाम सुब्बाद्वारा थप ५ हजार र गोविन्द निरौलाद्वारा थप १० हजार रुपैयाँ गरी २० हजार १०० रुपैयाँ मुद्रण उद्योग संघको अक्षयकोषमा रकम हस्तान्तरणसमेत गरिएको थियो ।

संघका अध्यक्ष रोहित भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संघका सचिव भानुभक्त खनालले गर्नुभएको थियो ।

सम्बन्धित खबर