२०८२ माघ २७ मङ्गलवार , १२:०४:१९ बजे

Sajhamanch
'

सेभेन सीज बन्यो शिवसताक्षी च्याम्पियन

सोमवार, माघ २६, २०८२

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा सम्पन्न १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सेभेन सीज माध्यमिक विद्यालय च्याम्पियन भएको छ।

सेभेन सीजले ९ स्वर्ण, ७ रजत र ९ कास्य पदक प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेको हो।

प्रतियोगितामा श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयले ९ स्वर्ण, ६ रजत र ७ कास्य पदकसहित दोस्रो स्थान प्राप्त गरेको छ भने झिलझिले माध्यमिक विद्यालयले ८ स्वर्ण, ३ रजत र ८ कास्य पदक जित्दै तेस्रो स्थानमा चित्त बुझाएको छ।

विजेता विद्यालय तथा विद्यार्थीहरूलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा, शिक्षा शाखा प्रमुख छविलाल ढकाल, सामाजिक विकास समिति सदस्य यशोदा विमली लगायतले शिल्ड तथा प्रमाणपत्र प्रदान गरेका थिए।

माघ २४ गतेदेखि दुधे रंगशालामा सञ्चालन भएको प्रतियोगितामा नगरभित्रका ४० विद्यालयका करिब ४०० विद्यार्थीहरूको सहभागिता रहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ।

सम्बन्धित खबर