
काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव २५ अङ्कले घटेर २ हजार ६९८ दशमलव ४४ विन्दुमा झरेको छ ।
आज लगानी र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा होटल समूहको शेयर सबैभन्दा धेरै २ दशमलव १३ प्रतिशतले ओरालो लागेको छ । आज १६८ वटा कम्पनीको शेयर घटेकोमा ८५ वटाको बढेको छ । यस्तै ७ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।
आज कालिञ्चोक दर्शन कम्पनीको शेयर सबैभन्दा धेरै ८ दशमलव ९१ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन सुमर माई हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम सामान्य बढेको छ । गएको बिहीवार ११ अर्ब ५८ करोडको कारोबार भएकोमा आज ३३० वटा कम्पनीका २ करोड ६२ लाख कित्ता शेयर ११ अर्ब ६५ करोड रुपैयाँमा किनबेच भएको छ ।


