२०८२ माघ २५ आइतवार , ०५:१३:१३ बजे

Sajhamanch
'

कांग्रेसले ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान शुरू गर्ने

आइतवार, माघ २५, २०८२

काठमाडौं । नेपाली कांग्रेसले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि मेरो २१ दिन भन्ने अभियान शुरू गर्ने भएको छ । आज बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले चुनावलाई लक्षित गर्दै यस्तो कार्यक्रम गर्ने निर्णय गरेको हो ।

बैठकले पारित गरेको नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका २०८२ को बुँदा नम्बर २१ मा यो विषय उल्लेख गरिएको छ । निर्देशिकाअनुसार जसको पदीय जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ भन्ने नीतिअन्तर्गत पार्टीका सबै सदस्य फागुन १ देखि २१ गतेसम्म चुनावका लागि खट्नेछन् ।

निश्चित जिम्मेवारीसाथ निश्चित ठाउँमा खटाएकाबाहेक सबै तहका पार्टी पदाधिकारी र सदस्यहरू आ–आफ्नो क्षेत्र, पालिका र वडामा केन्द्रित रहनुपर्ने व्यवस्था कांग्रेसले गरेको छ ।

उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहेको निर्वाचन परिचालन समितिले यस्तो नीति बनाएको हो । एउटा वडाको क्रियाशील सदस्य अर्को वडामा नगएर हाम्रो वडा हामी जिताउँछौँ भन्ने उद्घोषका साथ आ–आफ्नै वडामा खट्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

सम्बन्धित खबर