
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा इङ्ग्ल्यान्डसँगको खेलमा नेपालले टस हारेको छ । भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा इङ्ग्ल्यान्डका कप्तान ह्यारी ब्रूकले टस जितेर ब्याटिङ रोजेका छन् ।
नेपाली टोलीमा शेर मल्लले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दैछन् । यस्तै मल्लसहित आरिफ शेख, लोकेश बम र नन्दन यादवले पहिलो पटक टी-२० विश्वकप खेल्दैछन् ।
दुई पटकको विजेता इङ्ग्ल्यान्डसँग नेपालको यो ऐतिहासिक खेल हो । नेपालले समग्रमा तेस्रो पटक र लगातार दोस्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो ।
प्रतियोगितामा २० वटा टोली चार वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ मा पुग्नेछन् । ‘सुपर–एट’ मा चार–चार वटा टोली दुई समूहमा बाँडिनेछन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
१०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ मा हुनेछ ।
यस्तो छ नेपाली टोली –
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्शन झा, करण केसी, शेर मल्ल, नन्दन यादव, सन्दीप लामिछाने


