२०८२ माघ २५ आइतवार , ११:४५:४० बजे

Sajhamanch
'

बिर्तामोड बसपार्कबाट ब्राउन सुगरसहित कचनकवलका युवक पक्राउ

आइतवार, माघ २५, २०८२

झापा । झापाको अर्जुनधारा-११ स्थित बिर्तामोड बसपार्कबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।

हिजो बिहान १० बजे अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरी सहायक निरीक्षक राजेश पौडेलको कमान्डको टोलीले शङ्कास्पद अवस्थामा हिँडडुल गरिरहेका कचनकवल गाउँपालिका ६ बस्ने २५ वर्षीय हेमराज बिकलाई पक्राउ गरेको हो ।

शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकबाहेक २ ग्राम ८६० मिलिग्राम ब्राउन सुगर फेला परेको छ । बिकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर