२०८२ माघ २५ आइतवार , १०:५२:४० बजे

Sajhamanch
'

आज सुदूरपश्चिमबाहेकका प्रदेशमा आंशिक बदली : तराईका केही ठाँउमा हुस्सु

आइतवार, माघ २५, २०८२

काठमाण्डौ ।  आज सुदूरपश्चिमबाहेकका प्रदेशमा मौसम आंशिक बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै ठाउँमा आंशिक बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज बिहान तराईका केही ठाउँमा हुस्सु लागेको छ । तराइ क्षेत्रमा दिउँसोसम्म नै हुस्सु र कुहिरो रहनेछ । कोशी प्रदेशका उच्च पहाडी र हिमाली भागका एकरदुई ठाँउमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका बाँकी भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम हिजोभन्दा बढेको छ । बिहान पौने ६ बजे काठमाण्डौको न्यूनतम तापक्रम ९.४ डिग्री सेल्सियस मापन भएको छ । हिजो काठमाण्डौमा न्यूनतम तापक्रम ६.९ डिग्री सेल्सियस रहेको थियो ।