२०८२ माघ २३ शुक्रवार , ११:४६:३३ बजे

Sajhamanch
'

प्रजातन्त्र दिवस ३ दिनसम्म मनाउने सरकारको निर्णय

शुक्रवार, माघ २३, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने भएको छ । २००७ साल फागुन ७ गते नेपालमा राणाशासनको अन्त्य गरी प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सरकारले फागुन ६, ७ र ८ गते मनाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा हिजो सिंहदरबारमा बसेको बैठकले तीन दिन प्रजातन्त्र दिवस मनाउने निर्णय गर्दै मूल समारोह समिति गठन गरेको छ ।

प्रधानमन्त्री अध्यक्ष रहने समितिमा नेपाल सरकारका मन्त्रीहरु, काठमाडौं उपत्यकाका सबै नगरपालिकाका मेयरहरु, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, नेपाल सरकारका सचिवहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु सदस्य हुनुहुन्छ ।

गृह मन्त्रालयका सचिव मूल समारोह समितिका सदस्यसचिव हुनुहुन्छ । निर्णयअनुसार तीन दिनसम्म देशभर र विदेशका नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासहरुमा विभिन्न कार्यक्रम गरिनेछ । मूल समारोहको कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा गरिनेछ ।

सम्बन्धित खबर