२०८२ माघ २३ शुक्रवार , ११:३२:०६ बजे

Sajhamanch
'

‘सिरिन्ज आक्रमण’ गरी भद्रपुरमा ढकालको हत्या

शुक्रवार, माघ २३, २०८२

भद्रपुर । भद्रपुर नगरपालिका वडा नं. १० सत्रविघेमा सिरिन्ज आक्रमणबाट स्थानीय खेम ढकालको हत्या भएको छ । अज्ञात व्यक्तिको आक्रमणमा परी घाइते भएका ढकालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार साँझ ढकाल छिमेकीको घरबाट आफ्नो निवासतर्फ फर्कँदा अज्ञात व्यक्तिहरूको आक्रमणमा परेका हुन् । आक्रमणबाट गम्भीर घाइते भएका उनको अस्पताल पुर्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

आक्रमणमा संलग्न भएको आशङ्कामा प्रहरीले सिरहाका २६ वर्षीय दीपेशकुमार सिंहलाई पक्राउ गरेको प्रहरी प्रवक्ता खड्काले बताए । सिरिन्जमा प्रयोग गरिएको पदार्थबारे जानकारी भइनसकेको उनको भनाई छ ।