२०८२ माघ २२ बिहिवार , ०५:२८:०९ बजे

Sajhamanch
'

अर्थमन्त्री खनालद्वारा ४ वटा जिल्लामा चुनावको तयारीबारे अनुगमन

बिहिवार, माघ २२, २०८२

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले तनहुँ, कास्की, पर्वत र म्याग्दीको स्थलगत भ्रमण गरी चुनावको तयारी, सुरक्षा व्यवस्था तथा निर्वाचन आचारसंहिता पालनाको अवस्थाबारेमा अनुगमन गर्नुभएको छ ।

सबै जिल्लाका निर्वाचन कार्यालयको समेत अनुगमन गर्नुभएका मन्त्री खनाललाई सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले चुनावको तयारी, सुरक्षा, आचारसंहिताको पालना तथा अनुगमन लगायतको बारेमा जानकारी गराएका छन् ।

अनुगमनपछि अर्थमन्त्री खनालले चार वटै जिल्लामा चुनावको तयारी सन्तोषजनक रूपमा अघि बढिरहेको बताउनुभयो । उहाँले चुनावलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको जोड दिँदै सबै सरोकारवालाको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

मन्त्री खनालले जिल्लास्तरमा रहेका सबै सरोकारवाला निकायलाई चुनाव स्वच्छ रूपमा सम्पन्न गर्न निर्देशन दिनुभएको अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

सम्बन्धित खबर