
काठमाडौं । आईसीसी टी–२० विश्वकपअघिको अभ्यास खेलमा क्यानडाले नेपाललाई १६२ रनको लक्ष्य दिएको छ ।
भारतको चेन्नईमा रहेको एमए चिदम्बरम स्टेडियममा टस जितेर ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ६ विकेट गुमाएर १६१ रन बनायो ।
क्यानडाका नवनीत धालिवालले ४१, श्रेयस मोव्वाले नटआउट ३८ रन बनाए । नेपालका सन्दीप लामिछाने र कुशल भुर्तेलले २र२ विकेट लिए ।
टी–२० विश्वकपअघि नेपालको यो अन्तिम तथा दोस्रो अभ्यास खेल हो । नेपालले पहिलो अभ्यास खेलमा यूएईलाई ७ विकेटले हराएको थियो ।


