२०८२ माघ २२ बिहिवार , ११:३८:०१ बजे

Sajhamanch
'

दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि समायोजन गर्न वाणिज्य विभागको निर्देशन

बिहिवार, माघ २२, २०८२

काठमाडौं । उपभोक्ताबाट बजारमा अस्वाभाविक मूल्यवृद्धि भएको गुनासो आएपछि वाणिज्य विभागले उत्पादक, पैठारीकर्ता र वितरकलाई मूल्य समायोजन गर्न निर्देशन दिएको छ ।

विभागले विज्ञप्ति निकालेर प्रतिस्पर्धी र स्वच्छ बजार व्यवस्था कायम गर्न आग्रह गरेको हो । सोयाबिन तेल, खानेतेल, ग्यास, चामललगायत अत्यावश्यक दैनिक उपभोग्य वस्तुमा अस्वाभाविक मूल्यवृद्धि र आपूर्तिमा कमी आएको भन्दै उपभोक्ता तथा सार्वजनिक सञ्चारमाध्यमबाट आएका गुनासाप्रति गम्भीर ध्यानाकर्षण भएको विभागले जनाएको छ ।

अत्यावश्यक तथा दैनिक उपभोग्य वस्तुका उत्पादक, विक्रेता, पैठारीकर्ता, सञ्चयकर्ता तथा सेवा प्रदायक फर्म तथा प्रतिष्ठानहरूमा अन्य निकायको सहयोगमा संयुक्त अनुगमन भइरहेको समेत विभागले जानकारी गराएको छ ।

सम्बन्धित खबर