२०८२ माघ २१ बुधवार , ०२:४८:२१ बजे

Sajhamanch
'

संवाद र सह–अस्तित्वप्रति प्रतिबद्धताका साथ मानव भ्रातृत्व दिवस मनाईंदै

बुधवार, माघ २१, २०८२

काठमाडौं । संवाद र सह–अस्तित्वप्रति प्रतिबद्धताका साथ आज विभिन्न देशमा अन्तरराष्ट्रिय मानव भ्रातृत्व दिवस मनाईंदैछ ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२० डिसेम्बर २१ तारिखमा प्रस्ताव पारित गर्दै हरेक वर्ष फेब्रुअरी ४ तारिखमा यो दिवस मनाउने निर्णय गरेको थियो ।

संस्कृति र विश्वासमा विविधता भए पनि हामी सबै एउटै मानव परिवारका सदस्य भएको दिवसले स्मरण गराउँछ । मानव भ्रातृत्वले शङ्काभन्दा सम्मानलाई प्राथमिकता दिँदै समान गरिमा र अधिकारका आधारमा सह–अस्तित्वको अभ्यास गर्न प्रेरित गर्छ ।

बढ्दो तनाव र ध्रुवीकरणको वर्तमान सन्दर्भमा मानव भ्रातृत्व आदर्श मात्र नभई शान्तिपूर्ण सहजीवन र हरेक व्यक्तिको अधिकार तथा गरिमाको संरक्षण गर्ने व्यावहारिक प्रतिबद्धता भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले समान अधिकार, दया र आपसी सम्मानमा आधारित विश्व निर्माण गर्दै एक मानव परिवारका रूपमा शान्तिपूर्वक बाँच्न सबैको साझा भूमिका हुने बताउनुभएको छ ।

सम्बन्धित खबर